काठमाडौ। सर्वोच्च अदालतले नेपालका अत्यन्त सफल संचार उद्यमी तथा व्यवसायी अजयराज सुमार्गीले विदेशबाट ल्याएको रकम नरोक्न अन्तरिम आदेश दिएको छ।

नेपाल राष्ट्र बैंकले रोक्का गरिदिएको सबा २ अर्ब रुपैयाँ निकासा गर्ने बाटो खुलेको छ। सर्वोच्च अदालतको मंगलबारको आदेशसँगै राष्ट्र बैंकले रोक्का गरेको करिब सबा २ अर्ब रुपैयाँ व्यवसायी सुमार्गीले निकासा गर्न पाउने भएका हुन्।

नेपाल स्याटलाइट टेलिकम कम्पनी प्रालिको तर्फबाट सुमार्गी र सुवासचन्द्र पौडेलले राष्ट्र बैंकले रोकेको रकम निकासा माग गर्दै आइतवार सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए।

आइतवार दर्ता भएको रिट भएको बहसपछि न्यायाधीश तेजबहादुर कार्कीको एकल इजलासले सुमार्गीको पक्षमा आदेश सुनाउँदै राष्ट्र बैंकले रोक्का गरिदिएको सवा २ अर्ब रुपैयाँ निकासाको बाटो खोलिदिएको हो।

प्रकाशन मिति–२०७४ साल माघ २३ गते मंगलवार ।