काठमाडौ। गिनिज बुकमा विश्व रेकर्डको लागि नाम लेखाउन प्रयासमा रहेका नेपालका अत्यन्त होचा कलाकार दिपेन शाहको बिहिबार बिहान निधन भएको छ। केही दिनअघि ज्वरो आएर अस्पताल भर्ना भएका शाहको उपचारको क्रममा आज विहीवार बिहान ७ बजे निधन भएको हो।

समाचार स्रोतका अनुसार दिपेनको दुई वटै मृगौला फेल भएर मुटुमा पनि असर पुगेपछि उनको निधन भएको हो। विसं.२०५५ सालमा दोलखाको भीमेश्वर नगरपालिका मकैवारीमा जन्मिएका दिपेन हाँस्य चलचित्र ‘छेउ न टुप्पो’ र ‘झ्याइँकुटी झ्याइँ’ मार्फत लोकप्रिय बनेका थिए।

३१ इन्च मात्र अग्ला रहेका शाहले ‘सारथी’ नामक चलचित्रबाट अभिनयको यात्रा शुरु गरेका थिए। १९ बर्षका उनी ललितपुरको डाँफे स्कूलमा कक्षा १० मा अध्ययनरत थिए।
प्रकाशन मिति–२०७४ साल कात्तिक ३० गते विहीवार ।