binod-chaudhari-awarded-1काठमाडौ। नेपालका अरबपति चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीलाई फोस्र्ट एन्ड सलिभनले ‘ग्रोथ, इनोभेसन एन्ड लिडरसिप अवार्ड २०१६’ द्वारा सम्मानित गरेको छ। काठमाडौंमा आयोजित कार्यक्रममा चौधरीलाई उक्त अवार्ड प्रदान गरिएको हो।

आयोजक फोस्र्ट एन्ड सलिभनले पहिलोपटक नेपालमा यो अवार्ड कार्यक्रमको आयोजना गरेको जनाइएको छ। नेपालमा आफूले व्यावसायिक क्षेत्रको प्रवर्धनका लागि गरेको प्रयासको सम्मानकोरुपमा यो अवार्डलाई लिएको चौधरीले बताएका छन्।

binod-chaudhari-awarded

त्यसैगरेर अन्र्तराष्ट्रिय विकास साझेदारी कम्पनी फ्रोस्ट एन्ड सलिभनले नेपालको निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेललाई यस वर्षको उत्कृष्ट दुरसन्चार कम्पनी ‘टेलिकम कम्पनी अफ द इयर २०१६’ अवार्डबाट सम्मानित गरेको छ ।
प्रकाशन मिति–२०७३ साल कात्तिक २५ गते विहीवार ।