Finance Minister Bishnu Paudelकाठमाडौ। प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणको पूर्वसन्ध्यामा आज आइतवार भारतको नयाँदिल्ली पुगेका अर्थमन्त्री विष्णु पौडेल भारतीय मन्त्रीहरुसंग भेटघाटमा व्यस्त बनेका छन्।

नयाँदिल्लीवाट प्राप्त समाचारअनुसार अर्थमन्त्री पौडेलले भारतीय गृहमन्त्री राजनाथ सिंहलाई अपरान्ह भेट गरेका छन्। साँझ भारतीय विदेश मन्त्री सुषमा स्वराजसंग भेटघाट गरेका छन्।

नेपाल र भारतवीचको संवन्धमा आएको दरारलाई समाधान गर्न नेपालका प्रधानमन्त्री ओलीको भारत भ्रमणले दुवै देशका मन्त्रीहरुले सहजता मिल्ने अपेक्षा गरेका छन्। प्रधानमन्त्री ओलीको भारत भ्रमण फागुन ७ गते हुने भएको छ।
प्रकाशन मिति–२०७२ साल माघ २४ गते आइतवार ।