काठमाडौं। नेपालका जादूगरका रुपमा निक्कै ख्याति कमाएका अभिनेता जादूगर महादेव त्रिपाठीको निर्माणमा दोश्रो चलचित्र जादूगर २–जोकर प्रदर्शनको तयारीमा पुगेको छ। यही फाल्गुण ३ गते शुक्रवारका दिन गलल हाँस्ने दिनका रुपमा यस चलचित्र जोकरको प्रदर्शन हुने भएको हो।

करिब डेढ बर्षअघि निर्माण भएको यस चलचित्र जोकरमा जादूगर महादेव त्रिपाठी र दीपेन सर प्रमुख जोकर हिरोका रुपमा देखिएका छन्। यस चलचित्रको केही दिनअघि मात्र ट्रेलर पनि सार्वजनिक भैसकेको छ।

याक इन्टरटेनमेन्ट प्रालिको प्रस्तुति रहेको चलचित्रमा महादेव त्रिपाठीको निर्देशन, विशेष पन्तको लेखन, गणेश श्रेष्ठ, कर्णबहादुर तामाङ, केदारप्रसाद रईला, सामन र रेहान तथा कुमार सिलवालको संयुक्त रुपमा निर्माण रहेको छ। चलचित्रमा जादूगर महादेव त्रिपाठीको हिरोइन सिम्पल खरेल रहेकी छन्।

साथमा सुरेन्द्र केसी (मुलाको साग),शिव शंकर रिजाल (जोगिन्दर), अन्जु थापा, विश्वका होचो कलाकार दिपेन शाह, बालकलाकार रिहानराज गिरी, नवराज श्रेष्ठ, मेरी बास्सैकी अप्सरा लक्ष्मी श्रेष्ठ, राजेन्द्र गिरी, विनोद राई, बिशेष पन्त, सरु धिमाल, सञ्चारकर्मी सूर्य चन्द रेशम फिरिरीलगायतका कलाकारहरुको अभिनय रहेको छ।

रिच ईन्टरटेर्मेण्टका लागि करण श्रेष्ठ क्रेजीले वितरण गर्ने चलचित्रमा मधुर वस्नेतको छायांकन, तारा थापा किम्बेको सम्पादन, सुगम पोखरेल, टंक बुढाथोकी, धु्ब बिश्को र कमल खत्रीको गीत संगीत, स्रमाट बस्नेतको द्वन्द्व, शिव विक,दीपक मदन सिंह र सोम लामाको कोरियोग्राफी रहेको छ।

चलचित्र जोकर पूर्णतया हांस्यप्रधान चलचित्र भएतापनि सवैका लागि संपूर्ण चलचित्र भएको दावी निर्देशक तथा नायक जादूगर महादेव त्रिपाठीले भिजन संसार डटकमलाई बताएका छन्।

प्रकाशन मिति–२०७५ साल माघ १३ गते आइतवार ।