काठमाडौ। अमेरिकाको टेक्सस राज्यमा हुन गैरहेको छैठौ मिस नेपाल यूएसको आधिकारिका कोरियोग्राफर ख्यातिप्राप्त नेपाली मोडल तथा कोरियोग्राफर सुरेश मानन्धर चयन भएका छन्। मिस नेपाल यूएस २०१८ को लागि आधिकारिक कोरियोग्राफरमा मानन्धरलाई नियुक्त गरेको हो।

यसअघि सन् २०१४ मा पनि मिस नेपाल यूएसका आधिकारिका कोरियोग्राफर बनेर सफलतापूवर्क कार्य गरिसकेका मानन्धरको यस प्रतियोगितामा दोश्रो इनिङ हो। लामो समयदेखि अमेरिकामा नै रहेर नेपाल र नेपाली फेसनलाई चर्चाको शिखरमा पुर्याउंदै आएका कोरियोग्राफर मानन्धर नेपालका टप मोडल तथा कोरियोग्राफर हुन्।

मानन्धरले नेपालमा हुंदा एक से एक फेसन–शो तथा प्रडक्ट विज्ञापनहरुमा मोडलिङ गरेर कीर्तिमान नै कायम गरेका थिए। दि रैम्प मोडलिङ एजेन्सीमा आवद्ध भएर हजारौलाई मोडलिङ सिकाएर मोडल गुरु समेत बनेर सवैवाट वाहवाही पाएका मानन्धर अमेरिकामा पनि चर्चाका शिखरमा रहेका छन्।


प्रकाशन मिति–२०७५ साल जेठ ३१ गते विहीवार।