काठमाडौ। शहरमा भन्दा गाउंघरमा लघुवित्त कार्यक्रम अत्यन्त प्रभावकारी बन्ने गरेको छ। जहाँ बैंकहरुले पुग्न सकेको हुंदैन। त्यहाँ लघुवित्त संस्थाहरु पुगेर उपभोक्ताहरुलाई सहज रुपमा लघु ऋण दिने तथा बचत निक्षेप लिने जस्ता कार्य गर्ने भएकोले यस्ता लघुवित्त संस्थाहरु नेपालमा लोकप्रिय बन्दैआएको छ।

अर्कोतर्फ सामुहिक जमानीमा कतिपय स्थानमा विनाधितो ऋण दिने भएकोले पनि यसको आकर्षणमा दिनानुदिन बृद्धि हुंदैगएको पाइएको छ। यसैक्रममा गोरखा जिल्लाको गोरखा नगरपालिका, वडा नंबर ६ स्थित हरमटारीमा साधना लघुवित्त वित्तीय संस्थाले कारोबार प्रारम्भ गरेको छ।

 

Mr.Resham Neupane-CEO of Shadhana Microfinance Ltd. Gorkha, Nepal.

यस साधना लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेका अनुसार, साधना लघुवित्त वित्तीय संस्था लिमिटेड कम्पनी ऐन, २०६३ अन्तर्गत मितिः २०७४ जेष्ठ ३१ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भई मितिः २०७४ कार्तिक १३ गते नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको वित्तीय संस्थाको रुपमा वित्तीय कारोबार गर्न इजाजतपत्र प्राप्त गरेको हो।

विसं. २०७४ मंसिर २२ गतेबाट वित्तीय कारोबार सुरु गरेको यो लघुवित्त वित्तीय संस्था हो । १० जिल्ला कार्यक्षेत्र रहेको क्षेत्रीयस्तरको संस्था हो । नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्न ‘घ’ वर्गको इजाजतपत्र प्राप्त यस साधना लघुवित्त वित्तीय संस्था लिमिटेड अहिलेसम्मकै कान्छो लघुवित्त वित्तीय संस्था मानिएको छ।

हालसम्म गोरखा र धादिङ जिल्लामा गरी ६ वटा शाखा विस्तार गरिसकेको र निकट भविष्यमा वित्तीय पहुँच नपुगेका ठाँउहरुमा तत्कालै शाखा विस्तार गर्ने जानकारी पनि प्रमुख कार्यकारी अधिकृत न्यौपानेले भनेका छन्।

Mr.Krishna Bahadur Thapa-founder Chairman of Shadhana Microfinance.

यस आर्थिक वर्षमा साधना लघुवित्तको शाखा संजाल १५ पुग्ने र १५ वटा शाखाबाट वित्तीय साक्षरता सहित पहुँच विस्तार तथा व्यवसायिक रुपमा पनि उपलब्धि हासिल गर्ने लक्ष्य राखिएको पनि उनको भनाई रहेको छ। कृष्ण वहादुर थापा यस संस्थाको संस्थापक अध्यक्ष रहेका छन्।
प्रकाशन मिति–२०७४ साल मंसीर १ गते शुक्रबार ।