काठमाडौं। नेपालका गोल्ड मेडलिष्ट डान्सर तथा कात्तिक नाचका अदभूत अवतार स्वजन रघुवंशीले भारतमा तहल्का मचाएका छन्। भारतको आगरामा आयोजित अन्तरराष्ट्रिय ताज रंग महोत्सवमा क्लासिक डान्समा स्वजन रघुवंशी प्रथम बनेका छन्। पाँच दिनसम्म भएको क्लासिक डान्स कम्पिटिसनमा सिनियरतर्फ प्रथम बनेका हुन्।

नटराञ्जली थे्रेटर आर्टद्धारा आयोजित कार्यक्रम असोज ५ गते देखि ९ गते सम्म भएको प्रतियोगितामा भारत, नेपाल, बंगलादेश र श्रीलंका सहित चार दक्षिण एशियाली राष्ट्रहरुको सहभागिता थियो। विभिन्न लोक नृत्यको प्रस्तुतीसंगै भारतीय शास्त्रीय नृत्य प्रतियोगिता भएको थियो । जसमा कथ्थक ,भरतनाट्यम र ओदिसी नृत्य एकैसाथ प्रतियोगितामा सामेल गराईएको थियो।

पाँच दिनसम्म भएको प्रतियोगिताको अन्तिम दिन तीनवटा बिधामा सर्वोत्कृष्ट नृत्य रघुवंशीले प्रदर्शन गरेर नेपाल र नेपालीको गौरबता राख्न सफलता प्राप्त गरेका थिए। यस प्रतियोगितामा भारतका ग्वालियर, कलकत्ता, हरियाणा, दिल्ली आदि क्षेत्रवाट एक से एक प्रतिभावनहरुको सहभागिता रहेको थियो। प्रतियोगितामा रघुवंशीले मात्र नेपालबाट सहभागीता जनाएका थिए।


प्रकाशन मिति–२०७६ साल असोज १२ गते आइतवार ।