Late Vetran Singer Madhu Babu Thapa
Late Vetran Singer Madhu Babu Thapa

काठमाडौ। नेपालका पुराना लोकगायक मधुबाबु थापाको ६३ बर्षको उमेरमा विहीवार निधन भएको छ। रेडियो नेपालमा तीन दशकदेखि करार सेवामा कार्यरत थापाको ललितपुरको सानेपास्थित निवासमा अचानक बेहोस भएपछि उपचारको क्रममा काठमाडौ मोडेल अस्पतालमा निधन भएको हो।

पारिवारिक समाचार स्रोतका अनुसार गायक थापा विहीवार विहान मात्र रेडियो नेपालमा आफ्नो कार्यसम्पादन पूरा गरेर घर फर्किएका थिए। वि.सं.२०१० साल बैशाख १५ गते दाङ्गमा जन्मेका गायक थापाले वि.सं.२०३७ मा रेडियो नेपालमा आउ माया जालमा बुनु बोलको गीत रेकर्ड गराएर यसतर्फ लागेका थिए।

शास्त्रिय, भजन, लोकगीत गरी करिब १ सय गीत गाएका दृष्ठिविहीन गायक थापा शास्त्रीय संगीतमा तानपुरा बजाउँथे।
प्रकाशन मिति–२०७३ साल पुष ७ गते विहीवार ।