काठमाडौ। नेपालका पूर्वजनसंख्या तथा बाताबरण मन्त्री रहेका विश्वेन्द्र पासवानले नेपाली सेनाको हेलिकोप्टर चढेको भाडा करिब चार लाख नतिरेको खुलासा भएको छ। बहुजन शक्ति पार्टीको तर्फवाट ओली सरकारमा मन्त्री बनेका पासवान प्रारम्भमा मितव्ययिताका लागि भन्दै साइकल चढेर निवास तथा मन्त्रालय ओहोर–दोहोर गरेर निक्कै चर्चामा आएका थिए।

Bishwendra-Paswan 2

एक महिना जति पव्लिसिटीको लागि त्यसो गरेर पछि गाडी चढ्न थालेका पासवानले पछि विभिन्न कार्य तथा प्रयोजन भन्दै हेलिकोप्टर चढ्न थालेका थिए। जसले गर्दा पासवानलाई साइकल मन्त्री पनि भन्ने गरेको थियो। जिल्लाका विभिन्न स्थानमा आतेजाते गर्दा हेलिकोप्टर चढ्ने गरेका पासवान मन्त्री पदवाट बाहिरिएको पनि महिनौ दिन भैसकेको छ।

????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????
बहुजन शक्ति पार्टीको तर्फवाट ओली सरकारमा मन्त्री बनेका पासवान प्रारम्भमा मितव्ययिताका लागि भन्दै साइकल चढेर निवास तथा मन्त्रालय ओहोर–दोहोर गरेर निक्कै चर्चामा आएका थिए।

जनसंख्या तथा बाताबरण मन्त्रालयका अनुसार पासवानले हेलिकोप्टरको भाडा मात्र १७ लाख भन्दा बढी पुर्याएका थिए। पछिल्लो दुई पटक हेलिकोप्टर चढेको भाडा ३ लाख ७२ हजार ९ सय १४ रुपैया नवुझाएको देखिन्छ।

मन्त्रालयकी प्रवक्ता लक्ष्मी बस्नेतले पासवानले चढेको हेलिकोप्टरको रकम मन्त्रालयले तिर्ने कुनै बजेट नभएको र स्वयम् पासवानले तिर्नुपर्ने बताएकी छन्। नभएमा प्रधानमन्त्रीको कार्यालयले तिर्नुपर्ने प्रवक्ता बस्नेतको भनाई रहेको छ।
प्रकाशन मिति–२०७३ साल भदौ १७ गते शुक्रबार ।