काठमाडौ। नेपालका पूर्वराष्ट्रपति डाक्टर रामवरण यादव आफ्नो पुरानो डाक्टरी पेशामा फर्कने भएका छन्।

बीपी स्मृति सामुदायिक सहकारी अस्पतालको ११औं वार्षिक साधारणसभामा शनिबार आयोजित कार्यक्रममा पूर्वराष्ट्रपति यादवले डाक्टरी सेवामा फर्कने संकेत गरेका हुन् ।

यादवले सरकारी अस्पतालमा दैनिक एक घण्टा सेवा गर्ने गरि काम गर्ने सोच बनाएको कार्यक्रममा बताए। यादव राजनीतिमा आउनु अघि नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको निजी चिकित्सक थिए। बीपी कोइरालाकै संगतमा यादव राजनीतिमा आएका हुन् ।
प्रकाशन मिति–२०७५ साल पुस २१ गते शनिवार ।