काठमाडौ। प्यासिफिक पब्लिकेसनले आफ्नो छैठौ बार्षिक अवसर पारेर दुई पुस्तक सार्वजनिक गरेका छ। धर्मग्रन्थका कथा र भागवतगीतामा के छ? नामक दुई पुस्तक सार्वजनिक गरेको हो। काठमाडौको कमलादी स्थित प्रज्ञाप्रतिष्ठानमा सोमबार आयोजित पुस्तक सार्वजनिक तथा श्रष्टासम्मान कार्यक्रममा पूर्व–उपराष्ट्रपती परमानन्द झा र नेपालका लागि ब्राजिलका राजदुत मारिया टेरेसाले उक्त पुस्तक सामूहिक रुपमा सार्वजनिक गरेका हुन्।

कार्यक्रममा नेपालका लागि ब्राजिलका राजदुत मारिया टेरेसा, समाजसेवी, शिक्षासेवी उपेन्द्र राज शास्त्री कडेल, समानसेवी तथा नगरबिकास कोषका अध्यक्ष धु्रब रिजाल, गीतकार बुद्धबिर लामा लगायतलाई सम्मान समेत गरिएको थियो। सार्वजनिक भएको पुस्तक मध्य धर्मग्रन्थका कथा सुमित्रा सिंहले लेखेकी हुन्। भागवत गीतामा के छका लेखक ओमप्रकाश खरेल रहेका छन्।

प्यासिफिक पब्लिकेसनका संरक्षक तथा बरिष्ठ पत्रकार लोचन थपलियाको सभापतित्वमा सम्पन्न कार्यक्रममा शिक्षासेवी उपेन्द्र राज शास्त्री कँडेल, समानसेवी तथा नगरबिकास कोषका अध्यक्ष धु्रब रिजाल लगायतले धार्मीक पुस्तकको बर्तमान समयमा महत्वको के भन्ने बिषयमा आ–आफ्ना धारणा राखेका थिए।

प्रकाशन मिति–२०७४ साल मंसीर ११ गते सोमवार ।