काठमाडौ। नेपालका प्रथम हर्रर गायक समिर हमालको नयाँ गीतको म्युजिक भिडियो रिलिज भएको छ। स्वार्थी माया बोलको अत्यन्त मार्मिक कथा बोकेको भिडियो रिलिज भएको हो।

केही दिनअघि मात्र रिलिज भएको वितीजाने बोलको गीत रिलिजको अपार सफलता पश्चात यस गीतको रिलिज गरिएको गायक हमालले भिजन संसार डटकमलाई बताएका छन्।

गायक हमालको स्वर–संगीत तथा रचना रहेको यस गीतको भिडियोको निर्देशन पनि गायक हमाल आफैले गरेर ऐतिहासिक कीर्तिमान कायम गरेका छन्। यस गीतको भिडियोमा गायक हमाल आफैले अभिनय पनि गरेका छन्।

लिडिङ रोलमा भने विष्णु लामा र रश्मी शाहको बेजोड अभिनय रहेको छ।

प्रकाशन मिति–२०७५ साल साउन २९ गते मंगलवार ।