Sher Bahadur Deubaकाठमाडौ। भारतको राजकीय औपचारिक भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय राष्ट्रपति भवनमा आज विहीवार बिहान आयोजित विशेष समारोहमा ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ।

विशेष समारोहमा सरिक हुने क्रममा प्रधानमन्त्री देउवालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गरेका थिए। प्रधानमन्त्री देउवा भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै हिजो बुधवार भारतको औपचारिक राजकीय भ्रमणमा भारत पुगेका हुन्।

प्रधानमन्त्री देउवालेविहीवार बिहान राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा पुगेर पुष्पहार अर्पण गरी अहिंसाका पुजारी गान्धीप्रति श्रद्धाञ्जलि अर्पण गरेका थिए।
प्रकाशन मिति–२०७४ साल भाद्र ८ गते विहीवार ।