PM Oli In Airportकाठमाडौ। नेपालको एक मात्र अन्तरराष्ट्रिय विमानस्थल त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री केपी शर्मा ओली मंगलवार दिउंसो अकस्मात आफै छड्के गर्न पुगेका छन्।

विमानस्थलमा स्वदेश तथा विदेशमा जाने र फर्कने यात्रुहरुले पाउंदै आएको सास्ती र दुःखका बारेमा धेरै नै गुनासा आएपछि प्रधानमन्त्री आफै छड्केमा गएर त्यहाँ कार्यरत कर्मचारीहरुलाइृ सचेत बनाउने कार्य गरेका छन्।

अर्थमन्त्री विष्णु पौडेल, पर्यटन मन्त्री आनन्दप्रसाद पोखरेल र पर्यटन राज्यमन्त्री बलबहादुर महतसति विमानस्थल पुगेका प्रधानमन्त्री ओलीले अन्तरराष्ट्रिय टर्मिनल लगायतका भवनमा निरीक्षण गरेर कुनैपनि प्रकारका ढिलासुस्ती नगर्न त्यहाँका कर्मचारीहरुलाई निर्देशन दिएका थिए।

प्रधानमन्त्री ओली पहिला नै छड्केमा आउने जानकारी कतैबाट त्यहाँ चुहिसकेकोले त्यहाँ प्रधानमन्त्री ओलीले कुनै अनिमियतता भेटाउन सकेनन्। विमानस्थलमा कार्यरत कर्मचारीहरुले हालसम्म भएका कुनैपनि प्रधानमन्त्रीले विमानस्थलमा छड्के गरेको रेकर्ड नभएको र ओलीले नै पहिलो पल्ट छड्के गरेको भिजन संसारलाई बताएका छन्।
प्रकाशन मिति–२०७३ साल असार १ गते बुधवार ।