काठमाडौ। भारतको चारदिने भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा शुक्रबार नेपाल र भारतबीच तीनओटा सम्झौता भएको छ। हुलाकी राजमार्ग निर्माणको व्यवस्थापन र परामर्शदाता नियुक्ति, भूकम्पपछिको पुनःनिर्माणका लागि सहुलियतदरको ऋण र पुनःनिर्माणका लागि नेपाललाई ७५ अर्ब रुपैयाँ उपलब्ध गराउने सम्झौतामा हस्ताक्षर भएको हो।

teen-samjhuata

परराष्ट्रसचिव शंकर वैरागी र भारतीय विदेशसचिव सुर्वमन्यम जयशंकरले सम्झौतामा हस्ताक्षर गरेका हुन्। सम्झौतापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा दुबै देशका प्रधानमन्त्री दुई देशबीच भएको छलफलबारे जानकारी गराएका छन्।

यसअघि, प्रधानमन्त्री दाहालले भारतीय प्रधानमन्त्री मोदीसँग हैदरावाद हाउसमा एक्लाएक्लै भेटवार्ता गरेका थिए। हैदरावाद हाउसमा झन्डै ४५ मिनेट एक्लाएक्लै भेटवार्ता भएको थियो।
प्रकाशन मिति–२०७३ साल भदौ ३१ गते शुक्रबार ।