KP Oli with Modi 1काठमाडौ। नेपालका प्रधानमन्त्री केपी ओलीले काबुलमा आतंकबादीको आत्मघाती बम आक्रमणमा परी निर्दोष नेपाली नागरिकले ज्यान गुमाउनु परेको तथा घाइते भएको घटनाले आफू अत्यन्त मर्माहत र दुखित भएको बताएका छन। उनले दुखद घडिमा दिवंगतप्रति श्रद्धान्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति नेपाल सरकार र आफ्नातर्फबाट समवेदना ब्यक्त गरेका छन।

Sher Bahadur Deubaप्रधानमन्त्री ओलीले घाइतेको सिघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन। प्रमुख प्रतिपक्ष दल कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्री सशांक कोइराला लगायत अन्य दलका नेताहरुले पनि काबुल घटनाले आफूहरुलाई मर्माहत बनाएको र घटनाप्रति गम्भीर ध्यानाकर्षण समेत भएको छुट्टछुट्टै विज्ञप्ति जारी गरेर जनाएका छन। पासविक,क्रुर र बर्वर हत्याका रुपमा लिदै उनले घाइेतको उपचार, तत्काल शव ल्याउने र परिवारलाई उचित क्षतिपुर्तिको ब्यवस्था गर्न सरकारलाई आग्रह गरेका छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अफगानको काबुल आक्रमणमा नेपाली परेको भन्दै दुखब्यक्त गरेका छन्। मोदीले नेपाल र अफगान सरकार तथा मृतकका परिवार प्रति समवेदना ब्यक्त गरेका थिए।Kamal Thapa in Meet The Press उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले घटनाबारे संसदमा जानकारी गराएका छन । अफगानिस्तान समेत हेर्ने पाकिस्तानका लागि कार्यबाहक राजदूत रहेका तिर्थ अर्याललाई अफगानिस्तान नै पठाइसकेको र त्यहाँ रहेर उनले शव नेपाल पठाउने काम गर्ने जानकारी दिइएको छ।

थापाले उक्त घटनालाई दुखद भन्दै निर्दोश नेपाली माथि भएको यो आक्रमणको निन्दा गरेका छन्। परराष्ट मन्त्री थापाले अफगानी परराष्ट्रमन्त्रीलाई फोन गरी शव छिटो पठाउन, घाइतेको उपचारमा ध्यान दिन र अन्य प्रक्रिया सरल बनाउन आग्रह गरेका छन्।
प्रकाशन मिति–२०७३ साल असार ६ गते सोमवार ।