Chief Journal Nepal Army-Mr Rajendra Chhetriकाठमाडौ। नेपालका प्रधानसेनापति राजेन्द्र क्षत्रीले नेपाली सेना विखन्डनकारीहरुको तमासा हेरेर बस्न नसक्ने चेतावनी दिएका छन् । पोखराको फूलबारी ब्यारेकमा शुक्रबार पश्चिमाञ्चलका भूपू सैनिकहरुलाई सम्बोधन गर्दै प्रधानसेनापति क्षत्रीले देशको सार्वभौमिकता र अखन्डता रक्षाका लागि सेनाले कुनै कसर बाँकी राख्दैन भनेर भनेका छन्।

सेना सधैं संविधानले निर्दिष्ट गरेका मूल्य–मान्यतालाई आत्मसात् गरेर अगाडि बढिरहेको प्रधानसेनापति क्षत्रीको भनाइ थियो । मुलुकमा पहिलो चरणको स्थानीय तह निर्वाचन सम्पन्न गराउन सेनाको ठूलो भूमिका रहेको भन्दै प्रधानसेनापति क्षत्रीले दोस्रो चरणको निर्वाचनमा पनि सेनाको उत्तिकै महत्व रहने उल्लेख गरेका छन्। ।

कार्यक्रममा अवकाशप्राप्त सैनिकहरुलाई सम्मान गरिनुका साथै सैनिक कल्याणकारी कोषबाट सन्चालित विभिन्न कर्जाहरुसमेत प्रदान गरिएको थियो । विभिन्न घटनामा घाइते भएका तथा सैनिक परिवारमा आश्रित अपांगता भएका र असहायहरुलाई ह्वील चियरसमेत वितरण गरिएको थियो।
प्रकाशन मिति–२०७४ साल जेष्ठ १९ गते शुक्रबार ।