काठमाडौ। नेपालको नयाँ प्रधानमन्त्रीको रुपमा लिइएका अत्यन्त प्रभावशाली नेपालको राजनेता तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको केही दिनयता स्वास्थ्यमा खराबी आएको हो।

स्वास्थ्य समस्याका कारण चिकित्सकको सल्लाह बमोजिम भक्तपुरको बालकोट निवासमा नै बेडरेष्टमा रहेका छन्। जसको कारण तिव्र राजनीतिक भेटघाट लगायतका कार्य ओलीले बन्द गरेका छन्।

त्यसको अलावा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड तथा विदा हुन लागेका प्रधानमन्त्री शेरवहादुर देउवाले राखेको सर्वदलिय बैठकमा पनि ओली पुग्न सकेन। गत सोमवारवाट ओलीको पेटमा गडबडी भएको ओलीको उपचारमा संलग्न ओलीको नीजि चिकित्स प्रा.डा.दिव्यासिंह शाहले भनेकी छन्।

चिकित्सक शाहका अनुसारको ओलीको पेटमा आएको गडबढीमा सुधार भैसकेको छ। डा.सिंहका अनुसार, तीन दिनअघि ओलीलाई कडा खालको डायरिया भएको थियो। औषधि सेवनपश्चात् ओलीको स्वास्थ्यमा क्रमशः सुधार भइरहेको छ। डा.सिंहले प्रेसक्राइब गरेको झाडापखालाको औषधि ओलीले सेवन गरिरहेका छन्।

झाडापखालाले दुई दिनसम्म सताएपछि ओलीले कार्यक्रमहरू पनि रद्द गर्दै आएका हुन्। एघार वर्षअघि मिर्गौला प्रत्यारोपण गरेका ओलीलाई यसअघि रोगप्रतिरोधी क्षमता कमजोर भएका कारण बेलाबखत फंगस इन्फेक्सन भई हत्केला सुन्निने समस्या देखापरेको थियो।

वरिष्ठ नेफ्रोलोजिस्ट तथा मिर्गौला प्रत्यारोपण विशेषज्ञसमेत रहेकी डा. सिंहले ओलीलाई अहिले मिर्गौलासम्बन्धी कुनै समस्या नदेखिएको बताइन्।मिर्गौला र अन्य स्वास्थ्य समस्या देखापरेपछि यसअघि ओलीले नेपाल साथै भारत, थाइल्यान्ड र सिंगापुरमा समेत उपचार गराएका थिए। खानपानमा सजगता नअपनाउँदा ओली झाडापखाला लागेको पनि ठहर गरिएको छ।


प्रकाशन मिति–२०७४ साल पुष २१ गते शुक्रबार ।