काठमाडौ। नेपालका बरिष्ठ न्युरो सर्जन डाक्टर उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्था अत्यन्त गंभीर अवस्थामा रहेको छ। बाँसबारीस्थित न्युरो अस्पतालमा उपचाररत न्युरो सर्जन डाक्टर देवकोटाको स्वास्थ्य जटिल भएको हो। तर, शुक्रबार राति फैलिएको जस्तो अफवाह नभएको उपचारमा संलग्न डाक्टरहरुले बताएका छन्।

पाँच दिनदेखि कृत्रिम श्वासप्रश्वास (भेन्टिलेटर)मा राखिएका देवकोटाको स्वास्थ्य सुधारको सम्भावना घट्दै गएको उपचारमा संलग्न चिकित्सकहरुको भनाई छ। डा. देवकोटाको स्वास्थ्य अवस्थालार्इ थप गम्भिर हुनबाट रोक्न हरसम्भव सबैखाले उपचार भइरहेको पनि चिकित्सकहरूले भनेका छन्।

६ महिनासम्म बेलायतमा उपचार गरेर स्वास्थ्यमा सुधार नभएपछि डाक्टर देवकोटा वैशाखको दोस्रो साता नेपाल फर्किएका थिए। त्यसयता डाक्टर देवकोटाले आफ्नै अस्पताल बाँसबारी न्युरो अस्पतालमा उपचार गराइरहेका छन्।
प्रकाशन मिति–२०७५ साल जेठ २६ गते शनिवार