काठमाडौं। नेपालको हस्पिटालिटी क्षेत्रमा एकपछि अर्कोगरेर सफलताको लहर तथा उत्कृष्टताको उचाई कायम हुन थालेको छ। विशेषत विश्वका हस्पिटालिटी क्षेत्रमा कार्यरत सेफहरुलाई दिइने गरेको उच्च पद बेस्ट अफ ग्यास्ट्रोनोमीको कन्ट्री एम्बास्डर उपाधि नेपालवाट पनि चयन भएका छन्।

बेस्ट अफ ग्यास्ट्रोनोमीको मुख्यालय फ्रान्सवाट नेपालका मास्टर सेफ महेशराज ढकाललाई कन्ट्री एम्बासडर चयन गरेका हुन। विश्वभरका १ सय देशवाट सर्वोत्कृष्ट सेफहरुवाट ढकाल नेपालवाट चयन भएका हुन। यस संस्थामा नेपालवाट मास्टर सेफ ढकालसहित अन्य १५ जना नेपाली सेफहरु विभिन्न देशवाट आवद्ध भैसकेका छन्। र अरु सेफहरु पनि यसमा आवद्ध हुने जारी छ।

हस्पिटालिटी क्षेत्रमा अत्यन्त सम्मानित उपाधि पाउने मास्टर सेफ महेशराज ढकाल र अन्य सेफहरुले प्रस्तुत गरेको नेपाली खानाको रेसिपी इन्टरनेशनल कुकबुकमा अव प्रकाशित हुने भएको छ। जसवाट नेपाली खानाको स्वाद र परिकार विश्वभर व्यापक चिनाउने कार्यमा मास्टर सेफ महेशराज ढकालको योगदान रहने भएको छ।

नगरकोटको तारे होटल मिस्टिक माउण्टेनमा कुलिनरी डाइरेक्टर पदमा कार्यरत बनेका महेशराज ढकाल हाल अष्ट्रेलियामा रहेका छन्। यसअघि ढकाल सानो उमेरमा चिफ एक्ज्युकेटिभ सेफ बनेर फाइभ स्टार होटल सांग्रिलामा कार्यरत थिए।

कुलिनरी क्षेत्रमा अग्रणी कार्य गरेर चमत्कार देखाउने सेफका रुपमा ढकाललाई विश्वले चिनिरहेको छ। त्यसको अलावा फ्रान्सवाट वल्र्डवाइड हस्पिटालिटी अवार्ड २०१५ पाउने पहिलो नेपालीमा पनि ढकाल नै हुन।
प्रकाशन मिति–२०७७ साल बैशाख २९ गते सोमवार ।