Bidhya Devi Bhandari In India 1काठमाडौ। भारतको पाँचदिने राजकिय भ्रमणमा पहिलो पल्ट पुगेकी नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीलाई भारतमा त्यहाँकी राज्यमन्त्रीले स्वागत गरेकी छन्। नेपालको महामहिम राष्ट्रपति भण्डारीलाई नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तरराष्ट्रिय विमानस्थलमा भारतका महिला तथा बालविकास राज्यमन्त्री कृष्ण राजले स्वागत गरेकी छन्।

भारतका राष्ट्रपति प्रणव मुखर्जीको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी त्यहाँ पुगेकी हुन्। प्रोटोकल अनुसार नेपालका राष्ट्रपति भण्डारीलाई भारतीय राष्ट्रपति प्रणव मुखर्जीले स्वागत गर्नुपर्नेमा राज्यमन्त्रीले गर्नु र गराइनु भारतले नेपाललाई अपमान गरेको ठहर गरिएको छ। दशकौदेखि नेपाललाई अत्यन्त सानो मुलुक स्टेटको रुपमा व्यवहार गरेर त्यसप्रकारको घटिया व्यवहार गर्नु र गराउनुमा भारतको उच्चता तथा निचताको बारेमा नेपाल सरकारले मूल्याँकन गर्नु आवश्यक भैसकेको राजनीतिज्ञ सर्कलको भनाई रहेको छ।

अव उप्रान्त भारतका कुनैपनि राष्ट्रपति तथा प्रधानमन्त्री नेपाल भ्रमणमा आएमा उनीहरुलाई पनि नेपालका राज्यमन्त्रीले स्वागत गराएर सोही अनुसारको व्यवहार गर्न नेपाल सरकारलाई सुझाव दिइएको छ।

Bidhya Devi Bhandari In India 2प्रकाशन मिति–२०७३ साल बैशाख ४ गते सोमवार ।