काठमाडौ। नेपालका रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यले रक्तदानमा थप रेकर्ड राखेका छन्। शनिवार आयोजित कार्यक्रममा १ सय ५३ औं पल्ट रक्तदान गरेका हुन्।

काठमाडौको विशालनगरस्थित विशाल मिलन केन्द्रले आयोजना गरेको बृहत रक्तदान कार्यक्रमको प्रमुख अतिथिको रुपमा पुगेर रक्तदान गरेर कर्माचार्यले नयाँ रेकर्ड कायम गरेको हो।

विशालनगरस्थित साबल बचत तथा ऋण सहकारी संस्थाको सहयोग तथा नेपाल स्वयंसेवी रक्तदाता समाजको संयोजनमा आयोजित बृहत रक्तदान कार्यक्रममा रक्तदाताहरुलाई प्रोत्साहन स्वरुप पुरस्कृत समेत गरिएको थियो।

प्रकाशन मिति–२०७४ साल फागुन १९ गते शनिवार ।