काठमाडौ। आपतका देवता उपनामले चर्चा पाएका नेपालका रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यले रक्तदानमा नयाँ रेकर्ड कायम गरेका छन्।

विहीवार बीर अस्पतालमा आयोजित आकस्मिक रक्तदान कार्यक्रममा रक्तदाता कर्माचार्यले १ सय ५४ औं पटकको रक्तदान गरेर नयाँ रेकर्ड कायम गरेका हुन्।

नेपाल स्वयंसेवी रक्तदाता समाजको केन्द्रिय अध्यक्ष समेत रहेका रक्तदाता कर्माचार्यले रक्तदान गरेको फ्रेस ब्लड एक जना बृद्ध विरामीको लागि प्रयोग भएको अस्पतालले जनाएको छ।

प्रकाशन मिति–२०७५ साल जेठ १७ गते विहीवार ।