Palpasha Dangol with Prem Sagar 1

काठमाडौ। नेपालका रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्य तथा सवैकी प्रिय हाँस्यअभिनेत्री चम्सुरी पल्पसा डंगोल वीच भिजन संसारका समाचार सम्पादक श्याम स्मृतको अगुवाईमा रगत बार्ता भएको छ।

काठमाडौको लाजिम्पाट स्थित होटल र्याडिसन परिसरमा रहेको नेपाल भोजन गृहमा दुवैवीच उक्त रमाइलो बार्ता भएको हो। नेपालमा रक्तदानको आवश्यकता र यसको औचित्यको बारेमा दुवैले खुलेर कुरा गरेका थिए।

Palpasha Dangol with Prem Sagar 2

उक्त बार्तामा एबी पोजिटिभ रक्त ग्रुपकी चम्सुरीले जिन्दगीमा चार पल्ट मात्र रक्तदान गरेको खुलासा गरेकी छन्। केही बर्षयता युरिक एसिडको समस्या देखिएकोले चाहेर पनि रक्तदान गर्न नसकेको बताउंदै चम्सुरीले युरिक एसिड भएपनि रक्तदान गर्न सकिन्छ कि भनेर प्रश्न गरेकी थिइन्। प्रत्युत्तरमा मिल्ने भएतापनि त्यो रगत कसैलाई काम नलाग्ने भएकोले नगरेको नै राम्रो हुने सुझाव नेपाल स्वयमसेवी रक्तदाता समाजका अध्यक्ष समेत रहेका कर्माचार्यले दिए।

Palpasha Dangol with Prem Sagar 4१ सय ४८ पल्ट रक्तदान गरिसकेका आपतका देवता नै मानिएका कर्माचार्यको रक्तदानप्रतिको उदारता र यसप्रतिको समपर्णतावाट अत्यन्त मन्त्रमुग्ध बनेकी चम्सुरीले यस्ता समाजसेवी व्यक्तित्व नेपाल र नेपालीले पाउनु नै गौरबता भएको भनेकी छन्।

Palpasha Dangol with Prem Sagar 5

दिनरात नभनिकन कसैलाई रगतको खाँचो परेमा जहाँवाट जसरी पनि उपलव्ध गराएर मानव धर्म गर्दैआएका कर्माचार्यको कामको मुक्तकण्ठले प्रशंशा गर्ने कार्य पनि चम्सुरीवाट भयो। शुक्रबार मात्र ओ नेगेटिभ ग्रुप एक विरामीलाई उक्त रगतको व्यवस्था गरेर भिजन संसार बार्तामा आइपुगेको कर्माचार्यले बताए। जसवाट आफूलाई अत्यन्त आनन्द महशुश भएको पनि उनले भने।

Palpasha Dangol with Prem Sagar 1

खेर गैरहने रगतलाई प्रत्येक १८ बर्ष पुगेका नौजवान देखि स्वस्थ्य ६० बर्ष उमेरसमूहसम्मले मज्जाले दान गर्न सक्ने कर्माचार्यले भनेका छन्। रक्तदान गर्दा कुनैप्रकारको कमजोरी नहुने र कुनै समस्या नहुने गरेको आफूले रक्तदान गर्दाको अनुभव सुनाए। बार्तामा सवैलाई रक्तदान गर्न र गराउन आग्रह समेत चम्सुरीले गरेकी छन्।
प्रकाशन मिति–२०७३ साल फागुन २० गते शुक्रबार ।