Prem Sagar Karmacharya 1

काठमाडौ। नेपालका रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यले रक्तदानमा थप रेकर्ड राखेका छन्।

हालसम्मको १ सय ४८ पटकको रक्तदानको रेकर्डमा बूढानिलकण्ठ युवा क्लवव्दारा आयोजित रक्तदान कार्यक्रममा थप अर्को रक्तदान गरेर रेकर्ड बृद्धि गरेका छन्। जसअनुसार कर्माचार्यको रक्तदान १ सय ४९ पुगेको छ।

Prem Sagar Karmacharya 2नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष समेत रहेका आपतका देवता नै मानिएका कर्माचार्यको अगुवाईमा नै बूढानिलकण्ठमा रक्तदान कार्यक्रम भएको हो। जसमा ४४ जना सर्वसाधारणले रक्तदान गरेका थिए।

रक्तदानको महत्व र यसको आवश्यकतालाई बढावा दिनको लागि यसप्रकारका रक्तदान शिविरहरुले बढ्दो रगतको अभावलाई पूर्ति गर्न मदत हुने रेकर्डेट रक्तदाता कर्माचार्यको भनाई रहेको छ।

प्रत्येकले १८ बर्षको जन्मदिन देखि रक्तदान गर्न परम्पराको रुपमा विकास भएमा रगतको अभावमा कसैले पनि अनाहकमा ज्यान गुमाउन नपर्ने धारणा पनि कर्माचार्यको रहेको छ।

Prem Sagar Karmacharya 3प्रकाशन मिति–२०७३ साल फागुन २७ गते शुक्रबार ।