Prem Sagar Karmacharya Awarded by Lions Club 1काठमाडौ। नेपालका रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यलाई एक पछि अर्को सम्मान मिल्ने क्रम जारी रहेको छ। आपतका देवता समेत उपनाम पाएका कर्माचार्यलाई लायन्स क्लब काठमाडौ युनाईटेड सेण्ट्रलको एक दशक प्रवेशारम्भ र लायन्स क्लब ईन्टरनेशनल स्थापनाको शतवार्षिकोत्सव भव्य सम्मान गरिएको छ।

शनिवार आयोजित कार्यक्रममा रेकर्डेट रक्तदाता कर्माचार्यलाई कार्यक्रमका प्रमुख अतिथि लायन मधुसुदन शर्माद्वारा आफ्नो लायन पीन समेत फुकालेर रेकर्डेट रक्तदाता कर्माचार्यलाई लगाइदिएका थिए। त्यसको लगतै दोसल्ला ओढाई सम्मान पत्र प्रदान गरिएको थियो।

समारोहमा देशका विभिन्न क्षेत्रमा संलग्न भई निरन्तर सेवा प्रदान गरिरहेका समाजसेवी तथा बौद्धिक व्यक्तित्वहरूको उल्लेख्य सहभागीता रहेको थियो।

Prem Sagar Karmacharya Awarded by Lions Club 2प्रकाशन मिति–२०७४ साल भाद्र १९ गते सोमवार ।