काठमाडौ। नेपालका लागि भारतका राजदूत मंजिव सिंह पुरी चयन भएका छन्। शनिवार नेपालका लागि भारतीय राजदूतको कार्यभार सम्हाल्न नेपाल आएका राजदूत पुरी आइतवार भगवान पशुपतिनाथको पहिला दर्शन गरेका छन्।

Indian Amabassdor in Nepal

राजदूत पुरी पशुपतिनाथको दर्शन गरेर आफ्नो ओहदाको प्रमाणपत्र बुझाउन नेपालको राष्ट्रपति निवास पुगेका हुन्। राजदूत पुरीले राष्ट्रपति बिद्यादेवी भण्डारी समक्ष ओहदाको प्रमाणपत्र बुझाएका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित बिशेष समारोहमा पुरीले ओहदाको प्रमाणपत्र बुझाएका हुन् । राजदूत पुरी नेपालका लागि २४ औँ भारतीय राजदूत हुन् ।

सन् १९८२ मा भारतीय बिदेश सेवामा प्रवेश गरेका राजदूत पुरी यसअघि बेल्जियका लागि भारतीय राजदूत थिए । पुरी भारतीय बिदेश सेवामा बहुपक्षिय मामिला विज्ञ मानिन्छन् ।
प्रकाशन मिति–२०७३ साल चैत्र १३ गते आइतवार ।