काठमाडौ। नेपालको इभेन्ट म्यानेजमेन्टमा अग्रणी संस्था रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीको आयोजनामा भव्य फेसन–शो हुने भएको छ। नेपालका व्यावसायिक फेसनेबल मोडलहरुको चर्को प्रतिस्पर्धाका साथमा हुन गैरहेको फेसन–शोको नाम नै फेसन युनाइटस् राखिएको छ।

एस म्याम बुटिकको संयोजनमा हुने फेसन युनाइटस्मा २४ जना व्यावसायिक नेपाली मोडलहरुले गजबको फेसन–शो गर्ने भएको छ।

ब्राइडल लेहेङ्गा, गाउन फ्युजन, वेस्टर्न वेयर, इम्ब्राइडरी, पदमावती, जडाजी डिजाइन, समर पार्टीवेयर, क्याजुयल लगायतका आकर्षक पहिरनहरुमा ती मोडलहरुले आकर्षक क्याटवाक गर्ने भएको छ।

श्रीषा बैदार फैंजु, एनी तण्डुकार, समन प्रजापति, उपासना सराफ, सुमी श्रेष्ठ र अमितेष कर्णका फेसन डिजाइन रहेको छ।

दुई दशकदेखि इभेन्ट म्यानेजमेन्टमा कोरियोग्राफी गर्दैआएका नेपालका प्रसिद्ध मोडल तथा कोरियोग्राफर राज फैंजुको कोरियोग्राफीमा ती मोडलहरुले क्याटवाक गर्न लागेका हुन्।

यही चैत्र २३ गते शुक्रबारका दिन काठमाडौको त्रिुपरेश्वर रोड थापाथलीमा रहेको ब्लु–स्टार होटलमा फेसन युनाइटस् हुने जानकारी आयोजक रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीका फाउण्डर डाइरेक्टर  समेत रहेका कोरियोग्राफर राज फैंजुले दिएका छन्।


प्रकाशन मिति–२०७४ साल चैत्र १६ गते शुक्रबार ।