काठमाडौ। नेपालका इतिहासविद तथा वाङ्मय शताब्दी पुरुष डा.सत्यमोहन जोशीको यही आउने भदौ ३० गते शुक्रबार भव्य अभिनन्दन हुने भएको छ । नेवाः जागरण मञ्चको संयोजन र नेपालका प्रतिष्ठित व्यापारी लक्ष्मीदास मानन्धरको संयोजकत्वमा ‘वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशी सम्मान’ समिति गठन भएको हो। सोही समितिको तत्वावधानमा उक्त अभिनन्दन हुन लागेको हो।

Satya Mohan Joshi.1डा.जोशीलाई सम्मान गर्नुअघि काठमाडौंको बसन्तपुरबाट नेपाली सेनाको बग्गीमा राखेर नगर परिक्रमा गराइने भएको छ। काठमाडौं महानगरपालिकाको सहयोगमा हुनलागेको उक्त सम्मान कार्यक्रममा सांस्कृतिक बाजागाजाका साथ विभिन्न सांस्कृतिक झाँकीहरुको प्रदर्शन हुने तथा धिमे, बाँसुरी, धाः बाजा सहित बिभिन्न सांस्कृतिक कार्यक्रम र धार्मिक विधि अनुसार सम्मान गरिने समितिका सदस्य सुजीब बज्राचार्यले भनेका छन्।

Satya Mohan Joshiवाङमय शताब्दीपुरुष डा.सत्यमोहन जोशी हाल ९८ बर्ष पुगेका छन्। डा.जोशीले नेपालको लोकसंस्कृतिको सामाजिक एवं दार्शनिक महत्वलाई जनमानसका साथैं कर्णाली क्षेत्रका अज्ञात संस्कृतिलाई सार्वजनिक गरेर उल्लेखनीय कदम चालेका थिए।

साथै, डा.जोशीले चीनमा विख्यात भएपनि नेपाल र नेपालीमाझ हराइसकेका राष्ट्रिय विभूति अरनिको तथा उनको अमर कृति स्वेतचैत्यलाई नेपालमा पुनःपरिचित गराउने पहल गरेका थिए। नेपालभाषा, नेपाली तथा अंग्रेजीका साथै ६० वटाभन्दा बढी पुस्तक कृतिहरु डा.जोशीको प्रकाशित छन् ।

प्रकाशन मिति–२०७४ साल भाद्र २३ गते शुक्रबार।