काठमाडौ। नायक निखिल उप्रेतीको फिल्म ‘पिंजडा ब्याक अगेन’का अभिनेत्री बीना थापाको सडक दुर्घटनामा दुःखद निधन भएको छ । काठमाडौको बत्तीसपुतलीमा बुधबार दिउँसो भएको सवारी दुर्घटनामा अभिनेत्री तथा मोडल बीना थापाको निधन भएको हो।गुल्मीको मुसिकोट गाउँपालिका २ की स्थायी बासिन्दा २७ बर्षीया बीना थापा काठमाडौको धापासीमा बस्दै आएकी थिइन् । थापाले केही फिल्म र नाटकको अभिनयसँगै विभिन्न म्युजिक भिडियोमा पनि मोडलिङ गरेकी थिइन्।

बत्तीसपुतलीमा बा.२ ख ८९४ नम्बरको पानी ट्याङकरले बीना थापा सवार बा.५५ प १३८७ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । त्यसपश्वात उपचारको लागी वीर अस्पताल पुर्याइएको थियो।

उपचारको क्रममा नै थापाको निधन भएको प्रहरीले बताएको छ । ठक्कर दिने ट्याङकर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रकाशन मिति–२०७४ साल पुष १२ गते बुधवार ।