काठमाडौं। नेपालकी ख्यातिप्राप्त  सौन्दर्यविज्ञ रुश्का बैद्य श्रेष्ठको स्कुल अफ व्युटीसियन आइटिसी स्किल डेभलपमेन्ट ट्रेनिङ सेन्टरले १९ औं बार्षिकोत्सव भव्यताको साथ सम्पन्न गरेको छ। काठमाडौंको नक्साल स्थित लिसरा बुटिक होटलमा शुक्रवार सौन्दर्यविज्ञ रुश्का बैद्य श्रेष्ठको स्कुल अफ व्युटीसियन आइटिसी स्किल डेभलपमेन्ट ट्रेनिङ सेन्टरको १९ औं बार्षिकोत्सव भव्य सम्पन्न भएको हो।

बरिष्ठ सौन्दर्यविज्ञ प्रोफेसर डा.राज्यश्री श्रेष्ठ तथा बरिष्ठ सौन्दर्यविज्ञ कमला श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा चर्चित अभिनेता तथा मोडल एवम् कोरियोग्राफर प्रशान्त ताम्राकार, पूर्व मिस नेपाल उषा खड्गी, बरिष्ठ व्युटीसियन सीता न्यौपाने पाठक, लायन्स क्लब थ्री टु फाइभ नेपाल मल्टीपल काउन्सिल चेअरपर्सन केशव पाण्डे, सीटीभीटी बागमती प्रदेशका निर्देशक तैलेन्द्र आचार्य, सांग्रिला डेभलपमेन्ट बैंक बालुवाटार शाखा प्रमुख अपूर्व जोशी, लायन्स क्लव थ्री टु फाइभ जीका गभर्नर उत्तम झा लगायत नेपालका चर्चित मेकअप आर्टिष्ट, कलाकार तथा मोडलहरुको सहभागिता रहेको थियो।

बार्षिक उत्सवमा ‘स्कुल अफ व्युटीसियन’ आइटिसी स्किल डेभलपमेन्ट ट्रेनीङ सेन्टरबाट व्युटिसियन प्रशिक्षण लिएका व्युटीसियन कोर्शका 100 विद्यार्थीहरुलाई कोर्श उतिर्ण गरेको प्रमाणपत्र प्रदान गरिएको थियो।

बार्षिकोत्सवको रमाइलो माहोलमा आयोजक ख्यातिप्राप्त सौन्दर्यविज्ञ रुश्का बैद्य श्रेष्ठले १९ बर्ष अगाडि आफूले स्थापना गरेको स्कुल अफ ब्युटिसियनले प्रशिक्षण र व्युटी सेवा दुबै क्षेत्रमा योगदान दिँदै आएको बताएकी छन्। जहाँवाट हजारौ नारीहरुलाई सौन्दर्य सिप सिकाएर रोजगार सहित आत्मानिर्भर बनाउन पाउँदा अत्यन्त खुशी तथा गर्ब लागेको सौन्दर्यविज्ञ श्रेष्ठले वताएकी छन्।

१९ बर्षको अबधिमा आफूले काठमाडौं र बनेपामा गरि करिब ११ हजार भन्दा बढी व्युटीसियनहरुलाई प्रशिक्षण दिएर यो पेशामा ल्याएको पनि सौन्दर्यविज्ञ श्रेष्ठले खुलासा गरेकी छन्।
प्रकाशन मिति–२०७९ साल साउन १४ गते शनिवार ।