cnn-hero-pushpa-basnetकाठमाडौ। नेपालकी पुष्पा बस्नेतले अमेरिकी टेलिभिजन सिएनएनले प्रदान गर्ने गरेको सिएनएन सुपर हिरो अवार्ड जितेकी छन्। सिएनएन अवार्ड प्रदान गरिन थालेको एक दशक अर्थात दश बर्ष पुगेको अवसरमा पूर्व सिएनएन हिरोहरु मध्येवाट अझ उत्कृष्ठता हासिल गरेकालाई प्रदान गरिएको सिएनएन सुपर हिरोको अवार्ड पुष्पा बस्नेतले जितेकी हुन्।

पाँच पूर्व सिएनएन हिरोहरु वीचको प्रतिस्पर्धामा पुष्पा बस्नेतले उक्त सिएनएन सुपर हिरोको अवार्ड जितेको सिएनएन टेलिभिजनले जनाएको छ। कारागारमा रहेका अभिभावकका बालबालिकालाई काठमाडौंको बुढानीलकण्ठमा आवासीय सुविधासहित शिक्षादीक्षाको व्यवस्था गरेर उल्लेखनीय काम गरेकोमा सिएनएनले बस्नेतलाई सन् २०१२ मा ‘सिएनएन हिरो’ अवार्ड प्रदान गरेको थियो।

बस्नेतसँगै फिलिपिन्सका एफ्रेन पेनाफ्लोरिडा, अमेरिकाका चाड प्रेग्राके, अमेरिकाको लस एन्जल्सकी लिज म्याककारट्नी र इन्डोनेशियाकी रोबिन लिम सुपर हिरोको मनोनयनमा परेका थिए।
प्रकाशन मिति–२०७३ साल मंसीर २७ गते सोमवार ।