काठमाडौं। नेपालकी पूर्वयुवराज्ञी हिमानी शाहले नागरिक सरह पहिलो पल्ट सार्वजनिक रुपमा रक्तदान गरेकी छन्।

सामाजिक कार्यमा सक्रिय रहँदै आएको हिमानी कोष तथा लायन्स क्लव अफ काठमाडौँले शनिबार काठमाडौँको तीनकुनेको सिद्धेश्वर माविमा आयोजित रक्तदान कार्यक्रममा पूर्वयुवराज्ञी हिमानी शाहले रक्तदान गरेकी हुन्।

रक्तदान कार्यक्रममा पूर्वयुवराज्ञी हिमानी शाहका साथमा पूर्वअधिराजकुमारी प्रेरणा शाहले पनि रक्तदान गरेकी थिइन्। रक्तदान कार्यक्रममा हिमानीका छोरा हृदयन्द्रले पनि रक्तदान गर्ने भनेपनि उमेर नपुगेपछि उनले भने रक्तदान गर्ने पाएनन्।
प्रकाशन मिति–२०७६ साल मंसीर ७ गते शनिवार ।