काठमाडौं। नेपालकी मिस नेपाल वर्ल्ड नम्रता श्रेष्ठ यही हप्ताको शनिबार मिस वर्ल्ड २०२१ मा भाग लिन अमेरिका जाने भएकी छन् ।

अमेरिकाको सान जुआन, पोर्टो रिकोमा आयोजना हुने मिस वर्ल्डका लागि नम्रता नोभेम्बर २० अर्थात् मंसिर ४ गते त्यसतर्फ जान लागेकी हुन् ।

मिस नेपालको आधिकारिक आयोजक संस्था द हिडन ट्रेजरले बिहीबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै यसबारे जानकारी दिएको हो।
प्रकाशन मिति–२०७८ साल मंसिर २ गते विहीवार ।