KP Oli with Bidhya Bhandariकाठमाडौ। नेपालको राजनीतिमा चलखेल गर्दैआएको भारत भ्रमणको तयारीको अन्तिम चरणमा राष्ट्रपतिको भारत भ्रमण रद्द भएको छ। नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सल्लाहमा आसन्न भारत भ्रमणलाई रद्द गरेकी छन्।

शुक्रबार बसेको मन्त्रीपरिषद बैठकले पनि राष्ट्रपतिको भारत भ्रमणलाई अस्वीकृत गरेको छ। भारतले नेपालको नीजि मामिलामा बारम्बार हस्तक्षेप गर्नुको अलावा सत्ता परिवर्तनमा समेत यो हप्ता नराम्ररी चलखेल गरेको कारण राष्ट्रपतिको भ्रमणलाई विरोध स्वरुप स्थगित गरिएको बुझिएको छ। सरकारी पक्षले तयारी पूरा नभएको भनेर भनिएतापनि यथार्थ त्यही हो भनेर राष्ट्रपति निकट स्रोतले भनेको छ।

अर्कोतर्फ प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणलाई राजकीय सम्मान दिएको भारतले राष्ट्रपतिको भ्रमणलाई सामान्य मात्र पार्न खोजेकोले पनि भ्रमण रद्द गरेको तथा त्यसमा राष्ट्रपति भण्डारी समेतको सहमति रहेको बताइएको छ। स्रोतका अनुसार बर्तमान विषम स्थितिमा राष्ट्रपति भण्डारीको भारत भ्रमण कुनै रहर देखिएको छैन्। राष्ट्रपतिको भारत भ्रमण रद्द गरिनुलाई भारत प्रतिको नेपालको झड्का भएतापनि भारतले कुनै प्रतिक्रिया दिएको छैन्।
प्रकाशन मिति–२०७३ साल बैशाख २४ गते शुक्रवार ।