bidhyadevibhandariकाठमाडौ। कही नभएको जात्रा हाँडीगाउंमा भनेजस्तै नेपाल सरकारले राष्ट्रपति विद्यादेवी भण्डारी छिमेकी मित्रराष्ट्र भारतको राजकीय भ्रमणका लागि प्रस्थान गर्ने र स्वदेश फर्कने दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

गृह मन्त्रालयले आइतवार एक विज्ञप्ति राष्ट्रपति भण्डारी भारत भ्रमणमा जाने दिन भोलि सोमबार र फर्कन आउँदो शुक्रबार नेपालभरका सबै सरकारी कार्यालय एवम् विदेशस्थित नेपाली नियोगमा सार्वजनिक बिदा दिइने जनाएको छ।

राष्ट्रपति भण्डारी भारतको राजकीय भ्रमणका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भोलि सोमवार त्यसतर्फ प्रस्थान गर्ने भएकी छन् । भारत भ्रमण संपन्न गरेर राष्ट्रपति भण्डारी यही वैशाख ८ गते शुक्रबार स्वदेश फर्कने कार्यक्रम रहेको छ।

पञ्चायती व्यवस्थामा राजा–रानीको विदेश भ्रमणमा सार्वजनिक विदा दिने शैली गणतन्त्रमा पनि सोही शैली अपनाएकोमा नेपाली जनता वाक्क–दिक्क बनेका छन्। यसप्रकारको प्रवृतिले नेपाल विदा नै विदाको देश जस्तो हुन पुगेको छ।
प्रकाशन मिति–२०७४ साल बैशाख ३ गते आइतवार ।