Bidhya Devi Bhandari in Airportकाठमाडौ। नेपालकी प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारी अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)को सम्मेलनमा सहभागी हुन स्वीट्जरल्यान्डको जेनेभा मंगलवार प्रस्थान गरेकी छन् ।

राष्ट्रपति भण्डारी आइएलओको १०६औं सेसनअन्तर्गतको ‘वर्ल्ड अफ वर्क समिट’मा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेकी हुन्।

जेनेभा सम्मेलनमा प्रमुख वक्ताकोरुपमा रहने राष्ट्रपति भण्डारीले नेपालको संविधानले महिला हकहित र श्रममा हासिल गरेको उपलब्धिबारे बोल्ने कार्यक्रम रहेको बताइएको छ।
प्रकाशन मिति–२०७४ साल जेष्ठ ३० गते मंगलवार ।