काठमाडौं। नेपालकी व्युटी एक्सपर्ट पूनम श्रेष्ठ रसियाको मस्कोमा भएको हेयर डिजाइन कोर्शको परीक्षामा सर्वोत्कृष्ट बनेकी छन्। मस्कोको ओवेक आटेम हेयर एण्ड व्युटी एकेडेमीले लिएको हेयर डिजाइन कोर्शको परीक्षामा पूनम सर्वोत्कृष्ट बनेकी हुन्।

४० देशका एक से एक व्युटी एक्सपर्टहरुले भाग लिएको उक्त हेयर डिजाइनको तीनवटा कोर्शको परीक्षामा पूनमले दुईवटामा बाउञ्ज र एउटामा गोल्ड मेडल नै जितेकी हुन्। नेपालवाट रसिया पुगेर उक्त परीक्षामा सर्वोत्कृष्ट बन्ने पूनम एक मात्र नेपाली व्युटी एक्सपर्ट बनेकी छन्।

झण्डै एक महिना रसिया पुगेर केही दिनअघि मात्र नेपाल फर्केकी ललितपुरको सानेपा खरिवोट स्थित पूनम व्युटी क्लबकी प्रमुख समेत रहेकी व्युटी एक्सपर्ट पूनम श्रेष्ठले आफ्नो सफलतालाई सवै नेपाली व्युटी एक्सपर्टहरुको गौरबताको रुपमा लिएकी छन्। यसले काममा अझ थप हौसला तथा प्रेरणा मिलेको प्रतिक्रिया पनि व्युटी एक्सपर्ट पूनम श्रेष्ठले भिजन संसार डटकमलाई भनेकी छन्।
प्रकाशन मिति–२०७६ साल जेठ ३२ गते शनिवार ।