काठमाडौं। नेपालको त्यो बेलाको राजनीति र अहिलेको राजनीतिमा धेरै धार परिवर्तन भैसकेको छ। तरपनि, देश छाड्ने युवाहरुको कु्नै कमी भएको छैन्। दिनप्रतिदिन मनभरि राजनीतिक चर्को पराकाष्ठताको परिणामका कारण मनभित्र कुण्ठा वोकेर परदेशिने धेरै तिनै युवाहरुमध्येको एक युवा कलाकार मनिष कुमार श्रेष्ठ पनि हुन।

तिनै मनिष कुमार श्रेष्ठले विसं.२०४६ सालको जनआन्दोलनदेखि प्रत्येक दश बर्षमा भएका धेरै आन्दोलनमा ज्यानलाई बाजी लगाएर होम्मिएका थिए। परिणाम केवल पिडा अनि राजनीतिक प्रतिशोध तथा मनभरिको कुण्ठा वोकेर परदेशिनुको विकल्प नपाएको त्यो अवस्थावाट आजको अवस्थासम्म आइपुग्दा पनि त्यही समस्याले जेलिएको नेपालको अवस्थालाई लघु चलचित्र श्राद्धवाट पर्दाफास गर्ने कार्य उनै कलाकार मनिष कुमार श्रेष्ठवाट भएको छ।

ममतामयी आमा र प्रेरणादायी पिताको बार्षिक श्राद्धका लागि बेलायतवाट नेपाल आएको बेला त्यही राजनीतिक परिवेशलाई टुलुटुलु हेरेर नियालिरहने आम नेपालीको मनभित्रको कुण्ठालाई लघुचलचित्र श्राद्ध मार्फत मनोवाद गर्ने कार्य भएको छ। देवकुमार श्रेष्ठको निर्देशन रहेको यस लघु चलचित्रमा छाँयाकन भेष महर्जन, सम्पादन अमर चित्रकार, संगीत बीरेन शाक्य, मेकअप राजु याकचा, रेनु श्रेष्ठ, निर्माता अनु श्रेष्ठ छन्। लेखक अभिनेता मनिष कुमार श्रेष्ठकै रहेको छ। अभिनेता श्रेष्ठको मनोवादमय अभिनय बेजोड छ।

 

प्रकाशन मिति–२०७९ साल असोज २७ गते विहीवार ।