Indian Oilकाठमाडौ। नेपालमा पेट्रोलियम पद्धार्थको निर्यात व्यापारमा एकाधिकार कायम गर्दैआएको भारतले नेपालको आन्तरिक पेट्रोलियम बजारमा पनि हस्तक्षेप गर्ने रणनीति बनाएको छ।

नेपालमा भारतीय पेट्रोल पम्प एक सयको हाराहारीमा स्थापित गरेर नेपालको आन्तरिक पेट्रोलियम बजारमा समेत हस्तक्षेप गर्ने भारतको भित्री योजना रहेको नागरिक दैनिकले उल्लेख गरेको छ। यसअर्थमा नेपालमा पेट्रोल पम्प चलाएर पेट्रोलियम पदार्थ बिक्रीमा आफ्नो हस्तक्षेपकारी उपस्थिति जनाउने रणनीति भारतले बनाएको छ।

भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यास राज्यमन्त्री धर्मेन्द्र प्रधानले भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालमा सयवटा पेट्रोल पम्प खोल्ने प्रस्ताव गरेका छन्। नेपालको वैदेशिक लगानी नीतिविपरीत राज्यमन्त्री प्रधानले भारत सरकार स्वामित्वको इन्डियन आयल कर्पोरेसनमार्फत नेपालमा नयाँ पम्प सञ्चालन गर्ने प्रस्ताव राखेका हुन्।

यस प्रस्तावका बारेमा नेपालका प्रधानमन्त्री देउवाको आधिकारिक धारणा भने आएको छैन्।
प्रकाशन मिति–२०७४ साल भाद्र ९ गते शुक्रबार ।