काठमाडौ। नेपालका उपराष्ट्रपतिमा नन्दबहादुर पुनको मात्र उम्मेदवारी परेको छ। यो सँगै पुन दोस्रो कार्यकालको लागि निर्विरोध भएका छन्। उम्मेदवारी दर्ताको लागि तोकिएको दिउँसो २ बजेसम्मको समयमा अरुको उम्मेदवारी नपरेपछि पुन निर्विरोध भएका हुन्।

 राष्ट्रपतिमा उम्मेदवारी दिएको नेपाली कांग्रेसले उपराष्ट्रपतिमा भने उम्मेदवारी दिएन। राष्ट्रपतिमा कांग्रेसले कुमारी लक्ष्मी कुमारी राईलाई उम्मेदवार बनाएको थियो। राष्ट्रपतिमा विद्या भण्डारी निर्वाचित भइसकेकी छन्।

राष्ट्रपतिमा विद्या भण्डारी दोहोरिएजस्तै उपराष्ट्रपतिमा नन्द बहादुर पुन दोहोरिएको छ। नेपालले राष्ट्रपति र उपराष्ट्रपति पुरानै पाएका छन्। नयां पाउन सकेन।
प्रकाशन मिति–२०७४ साल चैत्र ३ गते शनिवार ।