Janakpur Jaynagar Rail 1

काठमाडौ। नेपालको एकमात्र रेलसेवा ‘जनकपुर–जयनगर रेल्वे’ पुनः सन्चालनमा आउने भएको छ। भारतको जयनगरदेखि जनकपुर हुँदै महोत्तरीको बिजुलपुरासम्मको रेलमार्गको पुनःनिर्माणकार्य अन्तिम चरणमा रहेकाले यो वर्षको फागुनदेखि सन्चालनमा आउने बताइएको छ।

५१ किलोमिटर लामोे रेल ‘लिक’को पुनःनिर्माण अन्तिम चरणमा पुगेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत्को रेल विभागले जनाएको छ । मर्मत–सम्भार र उचित व्यवस्थापनको अभावमा जीर्ण बनेको जनकपुर–जयनगर रेलमार्ग तीन वर्षदेखि पूर्णरुपमा बन्द भएको थियो।

बन्द भएसँगै भारत सरकारको पूर्णसहयोगमा ब्रोडगेजमा रेल्वे निर्माण थालेको थियो। सन् २०१४ मा थालिएको पुनःनिर्माण सन् २०१८ को मार्चमा सम्पन्न हुने भारतीय कम्पनीले जनाएको छ।

Janakpur Jaynagar Rail 2प्रकाशन मिति–२०७४ साल साउन ७ गते शनिवार ।