काठमाडौ। नेपालको ग्ल्यामर फोटोग्राफीमा अब्बल दर्जाका अत्यन्त चर्चित फोटोग्राफर राजीव श्रेष्ठ अमेरिकामा पनि अत्यन्त चर्चाको शिखरमा रहेका छन्।

केही बर्षयता अमेरिकाको मेरील्याण्डमा बसोबास गर्दै त्यहीवाट नेपाली ग्ल्यामर फोटोग्राफीको गौरबमय कार्यको शुरुवात गर्दैआएका फोटोग्राफर राजीव श्रेष्ठले नयाँ बर्ष सन् २०१८ को अवसरमा ग्लाम क्यालेण्डर अमेरिकावाटै प्रकाशित गर्ने गौरबमय कार्य गरेका छन्।

अमेरिकाका लागि नेपाली राजदूत डा.अर्जुन कुमार कार्कीव्दारा विमोचित क्यालेण्डरमा अमेरिकामा रहेका नेपाली कलाकार तथा मोडलहरुका चिताकर्षक तस्बीरहरुको गौरबमय प्रस्तुति रहेको छ।

नेपालमा रहंदा पनि ग्लाम क्यालेण्डर निकालेका फोटोग्राफर श्रेष्ठको अमेरिकामा यो गौरबमय कार्यको रुपमा पनि लिइएको छ।

ग्लाम क्यालेण्डरको सार्वजनकि समारोहको लगतै राजीव श्रेष्ठले अमेरिकामा खिचिएका त्यहाँका नेपाली नायिका तथा मोडलहरुका अत्यन्त चिताकर्षक तस्वीरहरुको फोटो प्रदर्शनी पनि गरिएको थियो। यस ग्लाम क्यालेण्डर प्रकाशन तथा फोटो प्रदर्शनीमा अमेरिकामा नै रहेकी अत्यन्त चर्चित मोडल रिमा केसीको अत्यन्त सहयोग तथा सहभागिता रहेको फोटोग्राफर राजीव श्रेष्ठले अमेरिकावाट भिजन संसारसंगको कुराकानीमा भनेका छन्। फोटोग्राफर श्रेष्ठले त्यहाँपनि नेपालमा जस्तै फोटो बैंक स्थापना गरेका छन्।

प्रकाशन मिति–२०७४ साल मंसीर १७ गते आइतवार ।