Singhdarbar Gherau ma Belauti 2काठमाडौ। संयुक्त मोर्चा संघीय गठवन्धनले आइतवारवाट सिंहदरवार घेराउ कार्यक्रममा झण्डा तथा फेटासहित सहभागिता जनाउने एक बेलायती नागरिकलाई सोमवार नेपाल प्रहरीले सोमवार पक्राउ गरेको छ। पक्राउ परेका बेलायती नागरिकले आफ्नो नाम मार्टिन पेवर र पाटनमा बस्ने गरेको अनुसन्धान अधिकृतलाई जानकारी दिएको छ।

Singhdarbar Gherau ma Belauti 4

काठमाडौका प्रमुख जिल्ला अधिकार रामकृष्ण सुवेदीले बेलायती नागरिकका बारेमा थप अनुसन्धान भैरहेको भनेका छन्। अन्य सहभागिता जनाउने विदेशी नागरिकहरुको पनि फोटोको आधारमा खोजी भैरहेको सुवेदी भन्छन्। कुनैपनि विदेशीले नेपालको हुनेगरेका घेराउ, आन्दोलन तथा बन्दजस्ता कार्यक्रममा सहभागिता जनाउनु भनेको अन्तरराष्ट्रिय कानून बमोजिम अपराध हो।

Singhdarbar Gherau ma Belauti 1

सिंहदरवार घेराउ कार्यक्रममा ती विदेशीले पक्का आन्दोलनकारी जस्तो भएर झण्डा तथा फेटा लाएर कार्यक्रममा सहभागिता जनाउने लगायतका कार्य गर्नु दण्डनिय हो। अपराध पुष्टि भएमा उनीहरुको प्रवेशाज्ञा खारेज हुने तथा तुरुन्त देशा निकाला गर्ने प्रावधान समेत रहेको छ। नेपालको संविधानका केही बुँदाप्रति असन्तुष्टि जनाउंदै मधेसी, आदिवासी जनजाति संवन्ध दल आन्दोलनमा छन्।

Singhdarbar Gherau ma Belauti 3

यस आन्दोलनमा विदेशीहरुको सहभागिता हुनुलाई अर्थपूर्ण रुपमा लिइएको छ। यसअघिका आन्दोलनमा यसरी विदेशीहरुको सहभागिता देखिएको थिएन।
प्रकाशन मिति–२०७३ साल जेठ ३ गते सोमवार ।