काठमाडौं। नेपालको जेठो महानगरपालिका काठमाडौं महानगरपालिकाले बजेट प्रस्तुत गरेको छ। आर्थिक बर्ष २०७६–०७७ का लागि १५ अर्ब ५० करोड ७० लाख १२ हजार रुपैयाको आय–व्यय बजेट प्रस्तुत भएको हो। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको अध्यक्षतामा भएको पांचौ अधिवेशनको दोश्रो नगरसभामा आय–व्ययको बजेट प्रस्तुत गरिएको हो।

बजेट भाषण मेयर विद्यासुन्दर शाक्यको आज्ञाले उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले प्रस्तुत गरेकी हुन्। काठमाडौं महानगरपालिकाले भौतिक पूर्वाधार निर्माण, हनुमान ढोकासहित सम्पदा संरक्षण, वातावरण प्रदुषण नियन्त्रण, सार्वजनिक तथा निजी साझेदारी, जनस्वास्थ्य सेवा, सहरी सुव्यवस्था लगायतमा विशेष केन्द्रित हुने गरी बजेट प्रस्तुत गर्ने कार्य उपमेयर श्रेष्ठवाट भएको छ।

मेयर विद्यासुन्दर शाक्यले उपमेयर श्रेष्ठले बजेट भाषण प्रस्तुत गरिसकेपछि आर्थिक विधेयक २०७६ प्रस्तुत गरेका थिए। प्रस्तुत आर्थिक विधेयक नगरसभा सदस्य सवैलाई अध्ययन गरेर थप–घट या सर्वसम्मत पारित गर्न असार १८ गते बुधवारसम्मका लागि नगरसभा स्थगनको घोषणा मेयर शाक्यले गरेका छन्। असार १८ गतेको पाँचौ अधिवेशनको तेश्रो नगरसभाले आर्थिक विधेयक पारित हुने जनाएको छ।


प्रकाशन मिति–२०७६ साल असार १० गते मंगलवार ।