काठमाडौ। नेपालको जेठो महानगरपालिका काठमाडौं महानगरपालिकाले बारा तथा पर्साका हावाहुरी पीडितहरुको सहयोगार्थ ४० लाख ३१ हजार ४ सय १३ रुपैया प्रदान गरिएको छ। त्यस रकमको चेक प्रधानमन्त्री दैवि प्रकोप उद्धारकोषलाई प्रदान गरेको हो।

बुधवार आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले चेक हस्तान्तरण गरेका हुन्। महानगरको तर्फ २५ लाख र वांकी कर्मचारी तथा जनप्रतिनिधिहरुको एकदिनको तलववाट संकलित रकम बारा तथा पर्साका हावाहुरी पीडितहरुको लागि प्रदान गरिएको हो।

उक्त रकमको चेक हस्तान्तरण गर्न महानगरका मेयर शाक्य,प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइराला, शहरी योजना आयोगका अधिकृत सुशील सुवेदी लगायतका महानगरका पदाधिकारीहरु प्रधानमन्त्री कार्यालय सिंहदरवार पुगेर हस्तान्तरण गरेका थिए।
प्रकाशन मिति–२०७५ साल चैत्र २७ गते बुधवार ।