काठमाडौ। काठमाडौ उपत्यका र पहाडी जिल्लाहरुमा रंगहरुको महान पर्व होली पर्व मनाएको भोलिपल्ट नेपालको तराई–मधेशमा होली पर्व मनाउने प्रचलन रहेको छ।

Holi Tarai 2

सोही बमोजिमा तराईमा आज सोमवार धुमधामका साथ होली पर्व मनाउने कार्य भएको छ ।तराई–मधेशको होलीको रौनकता पहाडको तुलनामा बेग्लै हुने गरेको छ। सोही अनुरुप होली पर्व मनाउने कार्य भैरहेको छ।

वसन्त ऋतुको आगमनको सुरुवातमा पर्ने फागु पर्व एक आपसमा मैत्री भाव प्रकट गर्न सामूहिक रुपमा भेला भएर एक अर्कामा रंग दलेर मनाउने गरिन्छ । सत्य युगमा विष्णुभक्त प्रह्लादलाई मार्नका लागि हिरण्यकश्यपले विभिन्न जाल बुन्दा पनि नसकेपछि आगोबाट नजल्ने र नमर्ने वरदान पाएकी बहिनी होलिकाले प्रह्लादलाई काखमा लिएर आगोमा बस्न लगाउँदा प्रह्लादलाई केही नभएको तर होलीका जलेर नष्ट भएको प्रसंग यस पर्वसँग जोडिएको छ ।

Holi Tarai 1असत्यमाथि सत्यको विजय भएको यस घटनापछि होली मनाउन थालिएको विश्वास गरिन्छ।

प्रकाशन मिति–२०७३ साल फागुन ३० गते सोमवार ।