काठमाडौं। नेपालको नंबर वान नृत्य तथा संगीतको विद्यालय साधना कला केन्द्र अनलाइन रियालिटी शो गर्ने पहिलो नंबर वान विद्यालय हुन पुगेको छ। नेपालमा कोरोना संक्रमण जारी लकडाउनको फस्ट फेजमा प्रारम्भ गरिएको अनलाइन रियालिटी शो दोश्रो फेजको लकडाउनमा पनि उक्त रियालिटी शोको दोश्रो संस्करण साधना अनलाइन ट्यालेन्ट हन्टको फारम खुल्ला गरिसकेको जानकारी आयोजक साधना कला केन्द्रका अध्यक्ष तथा कार्यकारी प्रमुख मिलन मोक्तानले वताएका छन्।

कार्यकारी प्रमुख मोक्तानका अनुसार, कोरोनापछिको बन्दाबन्दीका कारण व्यवसाय, अध्ययन, काम, घूमफिरदेखि सबै कुरा ठप्प रहेको अवस्थामा मान्छेहरु घरभित्र थुनिएर बस्न विवश हुनुपरेको छ। रोगबाट बच्न घरभित्र थुनिएर बसेपनि यही कारणले मानसिक रुपले विक्षिप्त बन्नुपर्ने अवस्था छ । मानिसलाई सँधैंको एकै किसिमको दैनिकीका कारण उदेगलाग्दो वातावरण सिर्जना भएको छ । यही अवस्थामा साधना कला केन्द्रले रचनात्मक किसिमले सोच्यो। जसकारण नयाँ प्रतीभाको खोजी पनि हुन्छ र प्रतियोगीहरुलाई मनोरञ्जनका साथ केही गर्दैछु भन्ने सोचका साथ स्फूर्ती पनि हुन्छ भन्ने उद्देश्यका साथ साधना कला केन्द्रले बन्दाबन्दीकै समयमा साधना अनलाईन ट्यालेन्ट हन्ट शुरु गरेको जानकारी कार्यकारी प्रमुख मोक्तानले दिएका छन्।

यस्को पहिलो संस्करण सफलता पूर्वक सम्पन्न भएर नतिजा पनि प्रकाशित गरेर पुरस्कृत गरिसकेको अवस्थामा साधना कला केन्द्रले वर्तमान दोश्रो फेजको लकडाउनलाई लक्षित गरेर दोश्रो संस्करणको साधना अनलाइन ट्यालेन्ट हन्ट शुरु गरेको पनि कार्यकारी प्रमुख मोक्तानले बताएका छन्। प्रतियोगितामा भाग लिनका लागि अनलाइन मार्फत रजिष्ट्रेशन खुला गरिएको छ ।

यो यस्तो सांगीतिक प्रतिस्पर्धा हो जस्बाट घरमा बसीबसी सहभागी भएर आफ्नो कला र क्षमता संसारलाई देखाउन र चिनाउन सक्नुहुनेछ । पछिल्लो समय प्रविधिको विकासका कारण मोबाइल एपमै अधिकांश राम्रा गीतहरुको ट्र्याक पाइन्छ । सोही ट्र्याक मार्फत प्रतियोगीहरुले मोबाइलमा आफ्नो आवाज रेकर्ड गरेर साधना कला केन्द्रमा अनलाइनमार्फत पठाउन सकिने छ।

दोस्रो संस्करणको साधना अनलाइन ट्यालेन्ट हन्ट प्रतियोगितामा पहिलो विजेताका लागि गीत रेकर्ड र म्युजिक भिडियो निर्माण सहित ५० हजार नगद पुरस्कार, दोस्रो हुने प्रतियोगीका लागि गीत रेकर्ड सहित ५० हजार नगद र तेस्रो हुनेका लागि २५ हजार नगदले सम्मान गर्ने जनाएको छ। प्रतियोगितामा
संसारभरी छरिएर रहेका जोकोही पनि यस कार्यक्रममा सहभागी बन्न सकिने र नेपाल लगायत विश्वभरिबाट नै सहभागी हुन पाउनेहरुले आफूलाई मन पर्ने नेपाली गीतको म्यूजिक ट्रयाकसहित रेकर्ड गरेर ९८०१०२३५७६ ह्वाट्सएप नम्बरमा अपलोड गर्नु पर्नेछ ।

साथमा आफ्नो पुरा नाम, ठेगाना, गीतको बोल,गीतकार,संगीतकार,ओरिजिनल गायक–गायिका र आफ्नो फोन नम्बर समेत लेखी पठाउनु पर्नेछ । प्रतियोगितामा भाग लिन ५ सय रुपैयाँ दस्तुर लाग्ने छ । दस्तुर भुक्तानीका लागि नेपाल बंगलादेश बैंकमा रहेको साधना कला केन्द्रको खाता नम्बर 001042721P मा पठाउनु पर्नेछ ।

अन्य मुलुकहरुबाट पठाउँदा भने सेन्चुरी कर्मशियल बैंकमा रहेको साधना कला केन्द्रको डलर खाता नम्बर 0010003825CA SWIFT/BIC कोड नम्बर CCBNNPKA मा १० डलर पठाउनु पर्नेछ । कार्यक्रम दस्तुर पठाउन डिजिटल अनलाइन पेमेन्ट एप्सहरु स् इसेवा, प्रभु पे वालेट, ग्लोबल अनलाइन पे लगायत नेपाल राष्ट्र बैँकबाट स्वीकृत प्राप्त कुनै पनि डिजिटल अनलाइन पेमेन्ट एप्सहरुबाट रजिष्टेशन दस्तुर खातामा ट्रान्सफर गर्न सकिने आयोजक साधना कला केन्द्रले जनाएको छ।

काठमाडौँ उपत्यकाभित्र रहेका प्रतियोगीहरुले केन्द्रको कार्यालय कमलादी मोड पुतलीसडकमा फर्म भरेर दस्तुर बुझाउन सकिने पनि भनिएको छ। असोज १५ गतेभित्र आवेदन भरेर सहभागिता जनाउनु पर्ने पनि जनाएको छ।


प्रकाशन मिति–२०७७ साल भाद्र २८ गते आइतवार ।