काठमाडौं। नेपालले जारी गरेको नयाँ नक्सालाई समर्थन बलिउडका ख्यातिप्राप्त नेपाली अभिनेत्री मनिषा कोइरालाले समर्थन गरेकी छन्। अभिनेत्री कोइरालाले ट्वीट गर्दै नेपालले जारी गरेको नयाँ नक्साको समर्थन गरेकी हुन। अभिनेत्री कोइरालाले नेपालले जारी गरेको नयाँ नक्साको समर्थन गरेयता उनीमाथि भारतीय मिडिया खनिएको छ।

भारत र नेपालको सीमा विवादमा नेपालको पक्ष लिएको भन्दै भारतीय मिडिया एबिपीले लेखेको छ, ‘नेपालमा जन्मेकी अभिनेत्री मनिषा कोइरालाले नेपाल सरकारको समर्थन गरेकी छन्। उनीहरुको सरकारले भारतको तीन क्षेत्र कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको रहेको दाबी गरेको छ।’

लिम्पियाधुरासहित ३३५ वर्ग किलोमिटर भूमि समेटिएको नक्साको पक्षमा उभिएको भन्दै अहिले भारतीय मिडियाले मनिषाको आलोचना गरेका छन् । उनको यो पक्षधरतालाई केही भारतीय मिडियाले चीनको पक्ष लिएको भनेर समेत लेखेका छन्। नेपालले चीनको उक्साहटमा नयाँ नक्सा जारी गरेको भन्दै आएका भारतीय मिडियाले मनिषालाई ‘भारतको खाएर चीनको गाएको’ भन्ने आरोप लगाएका छन्।

अभिनेत्री कोइराला नेपालमा जन्मे पनि उनले भारतको मुम्बई अर्थात बलिउडलाई कर्मथलो बनाइन्। लामो समय बलिउडमा राज नै गरिन् । पहिलोपल्ट नेपाली चलचित्र फेरि भेटौलावाट डेब्यु गरेर बलिउडमा राज गरेकी हुन।

बलिउडका सुपरहिट फिल्महरु सौदागर, बम्बे, अग्नीसाक्षी, खामोशी, १९४२– अ लभस्टोरी, दिलसे, मन, अकेले हम अकेले तुम, गुप्त, कम्पनी लगायतका सयौंमा अभिनय गरेकी मनिषा हिन्दी फिल्ममा सर्वोत्कृष्ट अभिनय गर्ने नंबरी अभिनेत्रीमा पर्ने गर्छिन्।


प्रकाशन मिति–२०७७ साल जेठ ७ गते बुधवार ।